Sagun Khabar
भारतमा तालमा डुबेर एक नेपालीको मृत्यु 
स्वास्थ्य सन्देश
Atrya hospital

कञ्चनपुर –भारतको एक तालमा डुबेर कञ्चनपुरका एक जनाको मृत्यु भएको छ । बेलौरी नगरपालिका–७ टेडुवाका ३५ वर्षीय कुलबहादुर शाहको भारतको टिल्ला नम्बर ४ मा रहेको तालमा डुबेर मृत्यु भएको हो । 

भारतको टिल्ला ताल बेलौरी नगरपालिका–१० सँगै जोडिएको सिमावर्ती क्षेत्र हो । शाह टिल्ला नम्बर ४ का अमरजित सिंहको घरमा काम गर्दै आएका थिए । उनी मंगलबार साँझ घर जान्छु भनि त्यहाँबाट नेपाल तर्फ आएको बुझिएको छ । 

शाह घर नपुगेपछि खोजी गर्दा बुधबार बिहान तालमा डुबेको अवस्थामा उनको शव फेला परेको थियो । उनको शव परिक्षणका लागि भारतीय प्रहरीले पिलिभित पठाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको भारतीय प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति: बुधबार, असोज ३, २०८०  १६:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update