Sagun Khabar
कञ्चनपुरमा कुटपीट र लुटपाट गर्ने दुई जना पक्राउ 

कञ्चनपुर –कञ्चनपुरमा कुटपीट र लुटपाट गर्ने दुई जना पक्राउ परेका छन् । जिल्लाको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ५ को अर्जुनी जंगलमा बुधवार साँझ कुटपीट तथा लुटपाट गर्ने बेदकोट नगरपालिका २ दैजी का २२ वर्षीय कमल चौधरी र सोही ठाँउका २७ वर्षीय राजु डगौरा पक्राउ परेका हुन् । 

शुक्लाफाँटा नगरपालिका–५ बस्ने ४० वर्षीय अम्बादत्त जोशी र उनकी बहिनी द्रोपती जोशीलाई गड्डाचौकीबाट जर्सी गाई घरतर्फ ल्याइरहेको अवस्थामा दुई युवकले कुटपिट गरी लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले बताए ।

स्वास्थ्य सन्देश
Atrya hospital

द्रोपतीले घाटीमा लागाएको ८ आनाको तिलहरी, मोबाइल लुटेर फरार भएका दुवै जनालाई इलाका प्रहरी कार्यालय झलारीको टोलीले पक्राउ गरेको हो । 

कुटपीटबाट घाइते भएका अम्बादत्तको दुवै हात र खुट्टामा चोट लागेको छ । से.२ प ८३६२ नम्बरको मोटरसाईकलमा सवार दुबैजनाको नामथर खुलेपछि पक्राउ गरिएको प्रहरीले बताएको छ ।
 

प्रकाशित मिति: बिहीबार, असोज ४, २०८०  ०९:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update