Sagun Khabar
सुदूरपश्चिम विश्वविद्यालयमा लगाइएको ताला अढाई महिनापछि खुल्यो 

कञ्चनपुर –सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रिय कार्यालयको ताला अढाई महिनापछि खुलेको छ । 

विभिन्न माग राख्दै विद्यार्थी संगठनहरुले विश्वविद्यालयको केन्द्रीय कार्यालयमा गरेको तालाबन्दी खुलेको हो । विश्वविद्यालय प्रशासन र एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूबीच सहमति भएपछि ताला खोलिएको अनेरास्ववियूका जिल्ला संयोजक रमेश पन्तले जानकारी दिए । 

स्वास्थ्य सन्देश
Atrya hospital

केन्द्रिय कार्यालयमा साउन १ गते नेकपा एमाले निकट अनेरास्ववियू र राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक  विद्यार्थी संगठनले तालाबन्दी गरेको थियो । यी दुई संगठनसंग सहमति भएर यसअघि नै ताला खुले पनि नेकपा एकिकृत समाजवादी निकट विद्यार्थी संगठनको ताला खुल्न सकेको थिएन । 

समाजवादी निकट अनेरास्ववियूका माग पुरा गर्ने सहमति पछि बिहिबार विश्विद्यालयको ताला खुलेको सुदूरपश्चिम विश्वविद्यालयले जनाएको छ ।
 

प्रकाशित मिति: बिहीबार, असोज ११, २०८०  १५:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update