Sagun Khabar
‘हाम्रो कृष्णपुर’ पढाउन सुरु

कञ्चनपुर -कञ्चनपुरको कृष्णपुर नगरपालिकाले आफ्नै पाठ्यपुस्तक प्रकाशित गरेको छ। चालू शैक्षिक सत्र २०८० देखि कृष्णपुर नगरपालिकाले ‘हाम्रो कृष्णपुर’ नामक पाठ्यपुस्तक पढाउन सुरु गरेको छ।

कृष्णपुर नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख विष्णुदत्त भट्टले कक्षा एकदेखि आठसम्म आधारभूत तहका लागि पाठ्यपुस्तक तयार पारिएको बताए । उनका अनुसार कृष्णपुर नगरका मेयर हेमराज ओझाले सुप प्रदेशमै आफ्नै पाठ्यपुस्तक निकाल्ने कृष्णपुर पहिलो पालिका भएको दाबी समेत गरे।

स्वास्थ्य सन्देश
Atrya hospital

एक सय पूर्णांकको उक्त ‘हाम्रो कृष्णपुर’ पुस्तक कक्षा एकदेखि कक्षा आठसम्मका विद्यार्थीले अनिवार्य पढनुपर्नेछ । नगरप्रमुख हेमराज ओझाले बालबालिकालाई कृष्णपुर नगरपालिकाबारे अझ राम्रोसँग जान्न र बुझ्न यो ‘हाम्रो कृष्णपुर’ पुस्तकले थप टेवा पुग्ने बताए।

पालिकाद्वारा प्रकाशित गरिएको किताब वितरण सुरु गरिएको छ। पालिकामा रहेका संस्थागत तथा निजी विद्यालयमा वितरण गरिएको हो।

प्रकाशित मिति: सोमबार, असोज १५, २०८०  ११:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update