Sagun Khabar
कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु 

कञ्चनपुर –कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शुक्रवार राति १० भएको दुर्घटनामा एक जना घाइते भएका छन् । 

जिल्लाको दोधाराचाँदनी नगरपालिका–६ मा म १ प २४६८ नम्बरको मोटरसाइकल र से २ प १४५२ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । 

स्वास्थ्य सन्देश
Atrya hospital

दुर्घटनामा परेर सोही ठाँउका २५ वर्षीय चालक गोपाल सुनारको घटनास्थलमै मृत्यु भएको छ भने अर्का चालक घाइते भएका छन् । 

घाइतेको अहिले भारतमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति: शनिबार, असोज २०, २०८०  ०९:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update