Sagun Khabar
कञ्चनपुरमा १५ जुवाडे पक्राउ 

कञ्चनपुर –कञ्चनपुरमा १५ जना जुवाडे पक्राउ परेका छन् । जिल्लाको कृष्णपुर नगरपालिका–५ गुलरिया बजारबाट १५ जना जुवाडे पक्राउ परेका प्रहरीले जनाएको छ । 

गएराति ११ बजे कृष्णपुर–५ गुलरिया बजारमा रहेको ४५ वर्षीय दिनेश पनेरुको त्रिपुरा मदिरा विक्री वितरण केन्द्रभित्र उनीहरूलाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ । 

स्वास्थ्य सन्देश
Atrya hospital

उनीहरूको साथबाट ४ गड्डी ताससहित २ लाख ७७ हजार ५०५ नगद रुपैयाँ समेत बरामद गरिएको छ । 

सुदूरपश्चिम प्रदेश प्रहरीको आरआइटी र स्थानीय प्रहरीको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो । 
 

प्रकाशित मिति: सोमबार, असोज २२, २०८०  ०९:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update