Sagun Khabar
इजरायलबाट उद्धार गरिएका सात जना नेपाली महेन्द्रनगर आइपुगे 

कञ्चनपुर –इजरायलबाट उद्धार गरेर ल्याएका सात जना नेपाली महेन्द्रनगर आइपुगेका छन् । इजरायलबाट भारतीयहरुसंगै दिल्ली पुगेका १८ जना नेपालीहरुमध्ये सातजना गड्डाचौकी नाका हुँदै महेन्द्रनगर पुगेका हुन् । 

उनीहरुलाई दिल्लीस्थित नेपाली दूतावासले सवारी साधनको व्यवस्थासहित घर पठाएको हो । 

स्वास्थ्य सन्देश
Atrya hospital

कैलाली टीकापुरका नन्दसिंह पुन, नुवाकोट लिखुका राजकुमार मानन्धर, काठमाडौंका लक्ष्मी दुलाल, मोरङ उर्लाबारीका निश्चल सिंह, पाल्पाकी दिलकुमारी अधिकारी, ललितपुरकी ममता थापा र स्याङ्जाकी अस्मिता गुरुङ गड्डाचौकी नाका हुँदै महेन्द्रनगर पुगेका हुन् । 

महेन्द्रनगर आइपुगेका सबैलाई बुधवार नै घरतर्फ पठाइने कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताए । 
 

प्रकाशित मिति: बुधबार, कात्तिक १, २०८०  १२:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update