Sagun Khabar
कञ्चनपुरमा आगलागी हुँदा दुई पशुचौपाया मरे 
स्वास्थ्य सन्देश
Atrya hospital

कञ्चनपुर –कञ्चनपुरमा आगलागी हुँदा दुई पशुचौपाया मरेका छन्, भने १ गाई घाईते बनेको छ । जिल्लाको पुनर्वास नगरपालिका–१ बलभद्रबस्तीका ५२ वर्षीय बलबहादुर साँउदको गोठमा बिजुलीको तार सर्ट भई बिहीवार राति आगलागी भएको हो । 

आगलागीबाट मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । आगलागीबाट साउँदको घरमा अन्दाजी दुई लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । 

रातिको समयमा प्रहरी, स्थानीय र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको बताइएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ३, २०८०  ०८:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update