Sagun Khabar
कञ्चनपुरमा जुवाखालबाट प्रहरीका सइ नै पक्राउ 

कञ्चनपुर –कञ्चनपुरमा नेपाल प्रहरीका एक प्रहरी नायब निरीक्षक (सई) जुवाखालबाट पक्राउ परेका छन् । हिजो आइतबार कञ्चनपुरको भीमदत्त नगरपालिका–७ हल्दुखालस्थित खोला किनारमा जुवातास खेलिरहेको अवस्थामा लागुऔषध नियन्त्रण ब्युरो महेन्द्रनगरमा कार्यरत सई पदम थापासहित आठजना पक्राउ परेका हुन । 

थापासहित पारस भट्ट, सञ्जय विष्ट, भक्तबहादुर धामी, जयबहादुर बोहरा, किसी ठाकुर  डम्बर कुँवर र नरेन्द्र पाण्डे पक्राउ परेको प्रदेश प्रहरी सुदूरपश्चिमका प्रवक्ता एसएसपी प्रज्वल महर्जनले जानकारी दिए । 

स्वास्थ्य सन्देश
Atrya hospital

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई १ लाख १४ हजार १ सय १० रुपैँया नगद, १ गड्डी तास, मोटरसाईकल ६ थान र स्कुटर १ थानसहित उनीहरुलाई पक्राउ गरेको बताएको छ । 

स्रोतका अनुसार पक्राउ परेका थापालाई निलम्बन गर्नेसम्म तयारी भएको छ । बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा राम्रो काम गरेपछि थापाको बढुवा भएको थियो । 

बैतडीको दोगडाकेदार गाउँपालिका–७, चडेपानीस्थित सनातनधर्म माध्यमिक विद्यालयमा अध्ययनरत् भागरथी २०७७ माघ २२ गते मृत अवस्थामा फेला परेकी थिइन् । उनको बलात्कारपछि हत्या भएको खुलेको थियो । 
 

प्रकाशित मिति: सोमबार, कात्तिक १३, २०८०  १६:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update