Sagun Khabar
नेपाललाई सम्भव भएसम्मका सबै सहयोग गर्न भारत तयार छ : प्रधानमन्त्री मोदी 
स्वास्थ्य सन्देश
Atrya hospital

काठमाण्डौ – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जाजरकोट भूकम्पपछि नेपाललाई सबै सम्भव सहयोग गर्न तयार रहेको बताएका छन् । 

सामाजिक सञ्जाल एक्स (ट्विटर) मा मोदीले नेपालमा गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । साथै घाइतेहरुको स्वास्थ्यलाभको कामना पनि गरेका छन् । उनले भारत सरकार यो विपद्को घडीमा नेपाललाई सबै सम्भव सहयोग गर्न तयार रहेको उल्लेख गरेका छन् । 

जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएराति गएको ६ दशमलव ४ रेक्टरस्केलको भूकम्पका कारण अहिलेसम्म एक सय २९ जनाले ज्यान गुमाएका छन् । त्यस्तै, जाजरकोट र रुकुमपश्चिममा गरी एक सय ४० जना घाइते भएका छन् ।
 

प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०  १०:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update