Sagun Khabar
विपिनको उद्धारको माग गर्दै महेन्द्रनगरमा र्याली 

कञ्चनपुर –प्यालेस्टिनी विद्रोही समूह हमासको नियन्त्रणमा रहेका बैतडी घर भई कञ्चनपुर बस्दै आएका विपिन जोशीको सकुशल उद्धारको माग गर्दै महेन्द्रनगरमा ¥याली निकालिएको छ ।

आइतबार बिहान विपिनका परिवारसँगै विद्यार्थी र अधिकारकर्मीले दबाब दिन ¥याली निकालेका हुन् । एक महिनाअघि इजरायलमा हमासले आक्रमण गरी अपहरणमा परेका जोशीको रिहाइका लागि दबाबमुलक रुपमा ¥याली निकालिएको हो । नेपाल सरकार, संयुक्त राष्ट्र संघ र मानव अधिकारवादी संघ संस्थाहरुले तत्काल जोशीको रिहाइका लागि पहल गर्नुपर्ने माग गरिएको छ । 

स्वास्थ्य सन्देश
Atrya hospital

महेन्द्रनगरको मदन चोकबाट सुरु गरिएको ¥याली बजार परिक्रमा गरि जिल्ला प्रशासन कार्यालयमा पुगेर समापन गरिएको छ । प्रशासनमा पुगेर प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र पनि बुझाइएको छ । ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले विपिनको उद्धारका लागि सरकारले सक्दो प्रयास गरिरहेको बताए ।

इजरायली सरकारले हालै जोशी हमास समूहको नियन्त्रणमा रहेको सार्वजनिक गरेको थियो । सुदूरपश्चिम विश्वविद्यालयको कृषि संकायमा अध्ययनरत जोशी अन्य विद्यार्थीसँगै ‘लर्न एण्ड अर्न’ कार्यक्रम अन्तरगत गत भदौमा इजरायल गएका थिए । जसमध्ये १० विद्यार्थीको हमासको आक्रमणमा परेर मृत्यु भएको थियो । 
 

प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०  १६:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update