Sagun Khabar
कञ्चनपुरको एक गोठमा आगलागी हुँदा दुई लाख बराबरको क्षति 

कञ्चनपुर –कञ्चनपुरको कृष्णपुर नगरपालिकास्थित एक गोठमा आगलागी हुँदा दुई लाख बराबरको क्षति भएको छ । 

नगरपालिकाको वडा नम्बर–२ बंक बस्ने धनबहादुर चन्दको दुई तले कच्ची भान्छा घरसँगै जोडिएको भैँसी बाँध्ने गोठमा झिँगा धपाउनका लागि बालेको आगो सल्केर आगलागी भएको हो । 

स्वास्थ्य सन्देश
Atrya hospital

आईतबार आगलागी हुँदा गोठमा रहेको पराल, भुसा, काठपात लगायतका सामान जलेर दुई लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । 

प्रहरी, स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो । 
 

प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०८०  ०९:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update