Sagun Khabar
खोलाको बाढीले अछाममा निर्माणाधिन पुल भत्कियो
स्वास्थ्य सन्देश
Atrya hospital

 अछाम –लगातारको वर्षाका कारण पानीको बहाव बढेपछि अछाममा एक निर्माणाधिन पक्की पुल भत्किएको छ । सेती लोकमार्ग अन्तरगत वैद्यनाथधाम नजिकै पर्ने लुंग्रेलीगाडमा निर्माण भइरहेको पुल भत्किएको हो ।

२०७७ चैत्र २० मा सम्पन्न गर्ने गरी २०७५ असार २१ गते स्वाँर कन्ट्रक्सन प्रालिले उक्त पुलको सम्झौता गरेको थियो । तर समयमै पुल निर्माण हुन नसक्दा खोलामा बाढी आएपछि मंगलबार उक्त पुल भत्किएको हो ।

नर्माण कम्पनीले भने जग्गा विवाद र कोरोनाको कहरका कारण समयमै पुल निर्माण गर्न नसकिएको जनाएको छ ।
 

प्रकाशित मिति: मंगलबार, असार २९, २०७८  १८:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update