Sagun Khabar
पहिरोले बाजुरा र अछाममा सडक अवरुद्ध 
फाइल फोटो
स्वास्थ्य सन्देश
Atrya hospital

अछाम–बाजुराको साँफे–मार्तडी सडक अवरुद्ध भएको छ । साँफे–मार्तडी सडकखण्डको तीन स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो ।

बुढीनन्दा नगरपालिका –१ स्थित ओलेना, ६ स्थित बार्जुगाड र बडीमालिका नगरपालिका –४ स्थित पानीनौलामा पहिरो जाँदा सडक अवरुद्ध भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

यस्तै अछाममा पनि पहिरोले सडक अवरुद्ध भएको छ । मध्यपहाडी लोकमार्ग अन्तर्गत कमलबजार नगरपालिकास्थित किर्तिपुरमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो । अवरुद्ध सडक खुलाउने प्रयास भईरहेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: बुधबार, असार ३०, २०७८  ०८:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update