Sagun Khabar
कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा बैतडीका एकजना गम्भीर घाइते 
स्वास्थ्य सन्देश
Atrya hospital

कञ्चनपुर – कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा बैतडीका एक जना गम्भीर घाइते भएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत कृष्णपुर नगरपालिकाको वाणीमा शुक्रबार साँझ बा२ब ८९५० नम्बरको सरकारी मोटरसाइकल गाईसँग ठोक्किदा बैतडीको पुर्चौंडी नगरपालिका ७ घर भएका २५ बर्षीय करन साउद गम्भीर घाइते भएका हुन् । 

उनको धनगढीको मायामेट्रो अस्पतालमा भेन्टिलेटरमा उपचार भइरहेको छ । मोटरसाइकल पछाडि सवार प्रकाश जोशी समान्य घाइते भएका छन् ।

गम्भीर घाइते भएका साउँद नापी कार्यालय अछाममा कार्यरत रहेका खुलेको छ ।
 

प्रकाशित मिति: शनिबार, कात्तिक २५, २०८०  १०:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update