Sagun Khabar
सहकारीबाट चोरी गरेको आरोपमा कञ्चनपुरमा दुई जना पक्राउ 
स्वास्थ्य सन्देश
Atrya hospital

कञ्चनपुर –कञ्चनपुरको एक सहकारीबाट रुपैयाँ चोरी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।  कार्तिक २२ गते राति दोधरा चाँदनी नगरपालिका–२ मा रहेको चाँदनी कृषि  सहकारी संस्था लिमिटेडबाट ५ लाख ५१ हजार ७१८ रुपैयाँ चोरी भएको थियो । 

सोही चोरीको आरोपमा बझाङको जयपृथ्वी नगरपालिका–१ का २६ वर्षीय अमृत सार्की र भीमदत्त नगरपालिका– १२ ऐरी गाउँका २३ वर्षीय सुन्दर टमटालाई पक्राउ गरिएको  इलाका प्रहरी कार्यालय दोधरा चाँदनीका इन्चार्ज प्रहरी निरीक्षक होमप्रकाश चौधरीले बताए ।

दुवैजनालाई हिजो (शनिवार) भीमदत्त नगरपालिका –४ मदनचोकबाट पक्राउ गरिएको हो । पक्राउ परेका दुवै जनाको साथबाट नगद २ लाख ३ हजार ८८० रुपैँया र तीन थान मोबाइल फेला परेको इन्चार्ज प्रहरी निरीक्षक चौधरीले बताए । उनीहरुमाथि थप अनुसन्धान भइरहेको उनले बताए । 

प्रकाशित मिति: आइतबार, कात्तिक २६, २०८०  १०:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update