Sagun Khabar
श्रीमान–श्रीमती मृत  फेला
स्वास्थ्य सन्देश
Atrya hospital

श्रीमान–श्रीमती आफ्नै घरमा मृत अवस्थामा फेला परेका छन् ।  कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नम्बर १ बिनबारीमा २६ वर्षीय श्यामकुमार राना र उनकी पत्नी २५ वर्षीया पुष्पा राना घरभित्र झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

राना दम्पती मृत फेला परेको विषयमा प्रहरीले अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले जानकारी दिए। घट्नाबारे त्रिभुवनबस्तीबाट प्रहरी टोली पुगेर अनुसन्धान गरिहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, कात्तिक २६, २०८०  १३:११
प्रतिक्रिया दिनुहोस्
Weather Update