Sagun Khabar
कञ्चनपुरमा जिपको ठक्करबाट पैदल यात्रीको मृत्यु 
स्वास्थ्य सन्देश
Atrya hospital

कञ्चनपुर –कञ्चनपुरमा जिपको ठक्करबाट एक पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको छ । जिल्लाको पुनर्वास नगरपालिका–३ मा जिपले ठक्कर दिँदा पैदलयात्री ६३ वर्षीय मानबहादुर तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

आइतबार साँझ पौने आठ बजे धनगढी–कञ्चनपुर सडक खण्डको कान्छि बजार नजिकै पैदल हिँडिरहेका तामाङलाई म १ च ४१५ नम्बरको जिपले ठक्कर दिएको हो । 

ठक्कर दिने जिप र चालक इलाका प्रहरी कार्यालय बेलौरीको नियन्त्रणमा रहेको र घटनाका बिषयमा थप अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: सोमबार, कात्तिक २७, २०८०  १७:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update