Sagun Khabar
कञ्चनपुरका दुई ठाउँमा आगलागी 
स्वास्थ्य सन्देश
Atrya hospital

कञ्चनपुर –कञ्चनपुरको दुई ठाउँमा अलग–अलग घरमा आगलागी भएको छ ।

जिल्लाको भीमदत्त नगरपालिका–१८ पुष्पलाल चोक बस्ने राजिव गुप्ताको घरमा रहेको कपडा पसलमा दियोबाट आगो सल्किएर आइतबार राति आगलागी भएको प्रहरीले जनाएको छ । आगलागी हुँदा करिब ४ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको जनाइएको छ ।

यस्तै कृष्णपुर नगरपालिका–५ गुलरियाका डम्बरबहादुर रावलको घरमा बालेको दियोबाट आगो सल्किएर आइतबार राति आगलागी भएको छ । रावलको घरमा आगलागी हुँदा करिब २ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
 

प्रकाशित मिति: मंगलबार, कात्तिक २८, २०८०  १२:००
प्रतिक्रिया दिनुहोस्
Weather Update