Sagun Khabar
कञ्चनपुरमा २ लाख ५८ हजार नगदसहित २८ जुवाडे पक्राउ 

कञ्चनपुर –कञ्चनपुरमा २ लाख ५८ हजार नगदसहित २८ जना जुवाडे पक्राउ परेका छन् । जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर १७ बासखेडाका भीमबहादुर ठगुन्नाको घरबाट उनीहरू पक्राउ परेका हुन् । 

सोमबार राति २ लाख ५८ हजार ६९४ रुपैयाँसहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरीका कार्यालय, कञ्चनपुरका प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले बताए । 

स्वास्थ्य सन्देश
Atrya hospital

पक्राउ पर्नेमा भीमदत्त नगरपालिका वडा नम्बर १८ का इन्द्र पाठक, वडा नम्बर १०का रमेश टमटा, सोही वडाका अमृत कठायत, वडा नम्बर ९ का गणेश महता, वडा नम्बर १० का कोलालसिँह ठकुराठी, वडा नम्बर १६ का भुवन ठगुन्ना, वडा नम्बर १७ का रोहित पाल, वडा नम्बर ९ का भवानीसिंह बुढा रहेका छन् । 

यस्तै, वडा नम्बर १० का पदमबहादुर बोहरा, वडा नम्बर ११ का भक्त धामी, सोही वडाका आशिष खड्का, किशन पाल र रामदत्त भट्ट पनि पक्राउ परेका छन् । 

प्रहरीका अनुसार भीमदत्त नगरपालिका वडा नम्बर १७ का रामबहादुर ठकुराठी, सोही वडाका किशा ठगुन्ना, भीमबहादुर ठगुन्ना, राकेश ठगुन्ना, धनश्याम ठगुन्ना तथा वडा नम्बर ११ का रोशन विष्ट, वडा नम्बर ५ का प्रकाश लावड, वडा नम्बर १७ का सुरेन्द्र ठगुन्ना र खगेन्द्र बडवाल, वडा नम्बर ११ का रामदत्त भट्ट, सोही वडाका देवेन्द्र विष्ट र दीपक बाग, वडा नम्बर १३ का नरपति महता, दार्चुलाको नौगाड गाउँपालिका वडा नम्बर ३ का करन बोहरा र डडेल्धुराको अजयमेरु गाउँपालिका वडा नम्बर ५ का चक्र पाल पनि पक्राउ परेका प्रहरीले जनाएको छ । 

पक्राउ परेकाहरुमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । 
 

प्रकाशित मिति: मंगलबार, कात्तिक २८, २०८०  १७:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update