Sagun Khabar
दोधारा चाँदनी मुलुककै ठूलो आर्थिक नाका बन्छ : परराष्ट्र मन्त्री साउद

कञ्चनपुर –परराष्ट्रमन्त्री एनपी साउदले कञ्चनपुरको दोधारा चाँदनी नाका सुदूरपश्चिमको मात्र नभई मुलुकको आर्थिक नाकाका रूपमा विकास हुने गरी काम अघि बढेको बताएका छन् । 

कञ्चनपुर उद्योग वाणिज्य सङ्घद्वारा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले दोधारा चाँदनी सुक्खा बन्दरगाह प्रक्रिया अघि बढ्नुका साथै महाकाली नदीमा चार लेनको पक्की पुल निर्माण भइसकेको बताए । 

स्वास्थ्य सन्देश
Atrya hospital

दोधारा चाँदनी नाका तीव्र गतिमा खुल्ने सन्दर्भमा अघि बढेको जनाउँदै उहाँले वनबासा पुलमा आवागमन सहज बनाउनेदेखि विदेशी पर्यटकलाई नाकामा आउनजान सहज गर्ने विषयमा पहल गर्ने बताए । 

कार्यक्रममा कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष, पूर्व पदाधिकारी, व्यापारी तथा व्यवसायीले सीमा समस्या, यहाँको पर्यटकीय तथा औद्योगिक क्षेत्रको विकास, व्यापारी तथा व्यवसायीका पिरमर्का लगायतका विषयमा धारणा राखेका थिए ।
 

प्रकाशित मिति: आइतबार, मंसिर ३, २०८०  १७:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update