Sagun Khabar
कञ्चनपुरमा स्कुटर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु 
स्वास्थ्य सन्देश
Atrya hospital

कञ्चनपुर –कञ्चनपुरमा स्कुटर र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको पूर्व–पश्चिम राजमार्गअन्तर्गत महेन्द्रनगर–भाँसी खण्डमा सोमवार बिहान भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार स्कुटर चालक भीमदत्त नगरपालिका वडा नम्बर ९ का ४८ वर्षीय तारासिंह कार्कीको मृत्यु भएको छ । 
भाँसीमा सुदूरपश्चिम प्रदेश ०२००४१ प २७०० नम्बरको स्कुटर र म २ प ७४५६ नम्बरको मोटरसाइकल एकआपसमा ठोकिएका प्रहरीले जनाएको छ । कार्कीको महाकाली प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । सोही स्कुटरमा सवार कार्कीकी श्रीमती लक्ष्मी कार्की भने घाइते छन् । 

दुर्घटनापछि फरार रहेका मोटरसाइकल चालक बेदकोट नगरपालिका–१० का २२ वर्षीय शेरसिंह सार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटना स्थलमा रहेको ट्याक्टर चालकलाई समेत सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति: सोमबार, मंसिर ४, २०८०  १३:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update