Sagun Khabar
कञ्चनपुरमा व्यापारीलाई ज्यान मार्ने धम्की दिने बैतडी र दार्चुलाका दुई जना पक्राउ

कञ्चनपुर – कञ्चनपुरमा व्यापारीलाई ज्यान मार्ने धम्की दिने दुई जना पक्राउ परेका छन् । 

बैतडीको दोगडाकेदार गाउँपालिका–७  घर भइ हाल कञ्चनपुरको भीमदत्त नगरपालिका –४ बसपार्क पछाडी डेरा गरी बस्ने चन्द्रदेव जोशी र दार्चुलाको लेकम गाउँपालिका –१ घर भइ हाल कञ्चनपुरको भीमदत्त नगरपालिका –३ बस्ने नरेश साउँद पक्राउ परेका हुन् । 

स्वास्थ्य सन्देश
Atrya hospital

साउँद र जोशीले बेदकोट नगरपालिका– ७ लालपुरमा विगत केही समयदेखि सर्वसाधारण तथा व्यापारीलाई रकम माग गरी डर त्रास देखाइ फोन तथा म्यासेजबाट ज्यान मार्ने सम्मको धम्की दिने गरेको कञ्चनपुर प्रहरीले जनाएको छ ।

दुबै जनालाई जिल्ला अदालत कञ्चनपुरबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

आरोपित २ जनाले ५ लाख रुपैँया सम्म माग गरेको अनुसन्धानबाट खुलेको र पिडितले ५ लाख दिन नसक्दा ३ लाखमा कुरा मिलेपछि रकम लिन आउँदा दुवैजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: मंगलबार, मंसिर ५, २०८०  १७:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update