Sagun Khabar
भीमदत्तको सालिक तोडफोड गर्ने दुई जना पक्राउ 
स्वास्थ्य सन्देश
Atrya hospital

कञ्चनपुर –कञ्चनपुरको महेन्द्रनगरस्थित भीमदत्त पन्तको सालिक तोडफोड गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । 
पन्तको सालिक तोडफोड गर्ने दुई जना पक्राउ परेका र उनीहरुको नाम खुल्न बाँकी रहेको कञ्चनपुर प्रहरीले जनाएको छ । 

राप्रपाले राजसंस्था पुनःस्थापना अभियान अन्र्तगत प्रदर्शनमा सहभागीले वाटिकामा प्रवेश गरी पन्तको सालिक तोडफोड गरेका थिए ।

तोडफोडबाट सालिकको कम्मर मुनिको भागमा क्षति पुगेको छ । सुरक्षाकर्मीले दुई राउण्ड अश्रुग्याँस प्रहार गरी सालिक तोडफोड कार्य रोकेको थियो । 
 

प्रकाशित मिति: शुक्रबार, मंसिर ८, २०८०  १६:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update