Sagun Khabar
महेन्द्रनगर बजार अनिश्चितकालिन बन्द 

कञ्चनपुर –कञ्चनपुरको महेन्द्रनगर बजार अनिश्चितकालीन रुपमा बन्द आह्वान गरिएको छ ।

कञ्चनपुर प्रहरीले महेन्द्रनगरको स्थानीय पार्कमा रहेको शहिद भीमदत्त पन्तको शालिक तोडफोडमा संलग्न रहेको आरोपमा १८ जनालाई पक्राउ गरेपछि उनीहरुलाई निशर्त रिहाईको माग राख्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले अनिश्चितकालिन कञ्चनपुर बन्द गर्ने निर्णय गरेको हो । शुक्रवार महेन्द्रनगरमा गणतन्त्रको विरोध र राजसंस्थाको पुनःस्थापनाको माग गर्दै रापप्रासहितका स्थानीयले प्रदर्शन गरेका थिए । 

स्वास्थ्य सन्देश
Atrya hospital

त्यस क्रममा उनीहरूले पार्कमा रहेको शालिक तोडफोड गर्नुका साथै पार्कको गेटमा लेखिएको भीमदत्तको नामसमेत मेटेका थिए । पार्टीको भातृ संगठनले राज्यको भ्रष्टाचार र बेथीतिका विरूद्ध विभिन्न चरणकाका शान्तिपूर्ण कार्यक्रमको आयोजना गरेको पहिलो दिनमै १८ जना नेता कार्यकर्ताहरूलाई धरपकड गरी प्रहरीले हिरासतमा राख्नु गैर लोकतान्त्रिक भएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले ध्यानाकर्षण भएको जनाएको छ ।

पार्टीका नेता कार्यकर्ताहरूलाई रिहाई नहुन्जेलसम्म कञ्चनपुर पर्णरूपमा अनिश्चितकालका लागि बन्द गर्ने पार्टीका जिल्ला अध्यक्ष गजेन्द्र बहादुर चन्दले बताए । 
 

प्रकाशित मिति: शनिबार, मंसिर ९, २०८०  १६:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update