Sagun Khabar
रामजानकी मन्दिर निर्माण गर्न १ करोडको जमीन दान 
स्वास्थ्य सन्देश
Atrya hospital

कञ्चनपुर –कञ्चनपुरको भीमदत्त नगरपालिका १६ मझगाउँमा राम जानकी मन्दिर निर्माणका जग्गादान गरिएको छ । मन्दिर निर्माणका लागि दुई जनाले एक करोड रुपैयाँ भन्दा बढी मूल्य पर्ने जग्गा दान गरेका हुन् । 

नेपाल प्रहरीका पूर्व एआईजीपी दिपेन्द्र विष्ट र स्थानीय शमशेर ठुकराठीले संयुक्त रुपमा उक्त जग्गा दान गरेका हुन् । 

मन्दिर निर्माणसँगै सार्वजनिक बहुउद्देश्यीय सभाहल, ज्येष्ठ नागरिक विश्राम स्थल, ज्ञानवृद्धि पुस्तकालय, ध्यानयोग तथा साधना केन्द्र, लागू औषध दुर्व्यसनी सुधार कक्ष, विवाह मण्डप र बाल उद्यान निर्माणका लागि ७ कठ्ठा जमीन दान गरेका छन् । मन्दिर निर्माणका लागि सहयोग गर्नेहरुलाई सम्मान गरिएको छ । उनीहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको हो ।
 

प्रकाशित मिति: बुधबार, मंसिर १३, २०८०  १०:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update