Sagun Khabar
इन्जिनियर कुट्ने ठेकेदार पक्राउ 

कञ्चनपुर –कञ्चनपुरमा इन्जिनियरलाई कुट्ने ठेकेदारलाई प्रहरीले पक्राउ गरेको छ ।

कुटपिटमा संलग्न ठेकेदारलाई पक्राउ गरी अहिले थुनामा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । जिल्लाको लालझाडी गाउँपालिकामा कार्यरत इन्जिनियर रामप्रसाद अवस्थीलाई कुटपिट गर्ने निर्माण व्यवसायी भीमसेन रानालाई प्रहरीले पक्राउ गरेको हो । 

स्वास्थ्य सन्देश
Atrya hospital

इलाका प्रहरी कार्यालयले इन्जिनियर अवस्थीलाई कुट्ने ठेकेदार रानालाई पक्राउ गरी आवश्यक अनुसन्धान अगाडी बढाएको छ । शुक्रबार रानालाई छलफलका लागि इलाका प्रहरी कार्यालय कञ्जमा बोलाएर नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकाश डाँगीले इन्जिनियर रामप्रसाद अवस्थीले निर्माण व्यवसायी राना बिरुद्ध उजुरी दिएपछि छानबिनका लागि पक्राउ गरिएको बताए ।

प्रहरी प्रवक्ता डाँगीले पक्राउ गरेका ठेकेदार रानालाई इलाका प्रहरी कार्यालय बेलौरीमा राखिएको बताए । रानालाई अभद्र व्यवहारमा थुनामा राखेर अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता डाँगीले जानकारी गराए । गत सोमबार इन्जिनियर अवस्थीमाथि ठेकेदार राना समुहले कुटपिट गरेका थिए । 
 

प्रकाशित मिति: शनिबार, मंसिर १६, २०८०  १३:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update