Sagun Khabar
ठगी गरेको आरोपमा कञ्चनपुरबाट शिवशिखरका चार जना कर्मचारी पक्राउ

कञ्चनपुर –ठगी गरेको आरोपमा कञ्चनपुरबाट शिवशिखर वहुउद्देश्यीय सहकारीमा कार्यरत चार जना कर्मचारलाई प्रहरीले पक्राउ गरेको छ । शिवशिखरको शाखा कार्यालय महेन्द्रनगरमा कार्यरत ४ जना कर्मचारीलाई ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा सो सहकारीमा कार्यरत गीता शर्मा, केदारनाथ शर्मा, पुस्कर मल्ल र अमिसराज भण्डारी रहेका छन् । 

चार जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।  महेन्द्रनगर, त्रिभुवनबस्ती र बेलौरीका वचतकर्ताहरुले आफूले  जम्मा गरेको रकम सहकारीका कर्मचारीले हिनामिना गरेको भन्दै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा मुद्दा दर्ता गरेका थिए ।

स्वास्थ्य सन्देश
Atrya hospital

सहकारी विरुद्ध कञ्चनपुरका तीन हजार ६ सय ७१ जना बचतकर्ताले मुद्दा दर्ता गराएका छन् । बचतकर्ताले जम्मा गरेको वचत रकम फिर्ता माग्दा फिर्ता नपाएपछि सहकारी विरुद्ध उजुरी दिएका हुन् । ठगीमा परेका बचतकर्तालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाविरुद्ध जाहेरी दिन सूचना समेत निकालेको थियो । 

उक्त सहकारीका सञ्चालक समितिका पदाधिकारी तथा कर्मचारीहरुले बचतकर्ताको ३१ करोड ९७ लाख तीन हजार ९ सय रुपैयाँ हिनामिना गरेको बचतकर्ताको आरोप छ । भक्तपुरमा केन्द्रिय कार्यालय रहेको शिवशिखर सहकारी संस्थाका देशभरका विभिन्न ठाउँमा शाखा कार्यालय रहेका छन् ।  
 

प्रकाशित मिति: आइतबार, मंसिर २४, २०८०  १८:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update