Sagun Khabar
कञ्चनपुरको महेन्द्रनगरमा निषेधाज्ञा

कञ्चनपुर –कञ्चनपुरको महेन्द्रनगर बजारमा निषेधाज्ञा लागु गरिएको छ । स्वर्गीय राजा महेन्द्रको सालिक राख्ने विषयलाई लिएर राजनीतिक दलबीच मतभिन्नता देखिएको भन्दै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले निषेधाज्ञा लागू गरेको हो । 

बिहीवारदेखि ७ दिनसम्म लागू हुनेगरी भीमदत्त नगरपालिका–४ को संविधान चोकदेखि पूर्वमा दशरथचन्दको सालिकसम्मको मुख्य सडक र पश्चिममा मदन भण्डारीको सालिकसम्मको मुख्य सडकखण्डमा निषेधाज्ञा जारी गरेको प्रशासनले जनाएको छ । 

स्वास्थ्य सन्देश
Atrya hospital

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६को ३(क) बमोजिम जारी आदेशअनुसार यो क्षेत्रमा ७ दिनसम्म ५ जना भन्दा बढी मानिस जम्मा भई जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनशन, सभा जस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न पाइने छैन् । 

सार्वजनिक शान्ति सुव्यवस्थालाई कायम राख्न तथा अत्यावश्यक सेवा सञ्चालनका लागि निषेधाज्ञा जारी गर्नुपरेको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताए । 

DAO kan1702545990.jpg

प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०८०  १५:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update