Sagun Khabar
मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु 
स्वास्थ्य सन्देश
Atrya hospital

कञ्चनपुर –कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । जिल्लाको भीमदत्त नगरपालिका–१६ मझगाँउका २३ वर्षीय दिपेन्द्र भण्डारीको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको हो ।

भीमदत्त नगरपालिका–१५ गोबरैयास्थित महेन्द्रनगर–मझगाँउ सडकखण्डमा भण्डारीले चलाएको म २ प ३१६९ नम्बरको मोटरसाईकल अनियन्त्रित भएर बिजुलीको पोलमा ठोकिन गई बिहीबार राति दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता,प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले बताए ।

दुर्घटनामा गम्भीर घाइते भएका भण्डारीलाई अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । 
 

प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०८०  १०:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update