Sagun Khabar
बसको ठक्करबाट एक जनाको मृत्यु, दुई जना घाइते 

कञ्चनपुर –कञ्चनपुरमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । जिल्लाको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरस्थित पूर्व पश्चिम राजमार्गमा म १ ख ९३५ नम्बरको बसले सुदुरपश्चिम प्रदेश ०१–००९ प १२०७ नम्बरको मोटरसाईकललाई आइतवार बिहान ठक्कर दिएको हो । 

बसको ठक्करबाट मोटरसाइकलमा सवार शुक्लाफाँटा नगरपालिका–२ बन्साहकी ३९ वर्षीया भागरथी अवस्थीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको मायामेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

स्वास्थ्य सन्देश
Atrya hospital

दुर्घटनामा घाइते भएका मृतकका श्रीमान शिवराज अवस्थी र १३ बर्षीय बालक बालकृष्ण अवस्थी उपचारपछि डिस्चार्ज भएका छन् । 

बस र बसका चालक ३२ बर्षीय नरेन्द्रसिंह भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको छ । 
 

प्रकाशित मिति: आइतबार, पुस १, २०८०  १६:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update