Sagun Khabar
पत्रकार उपाध्यायलाई शुक्लाफाँटा पत्रकारिता पुरस्कार
स्वास्थ्य सन्देश
Atrya hospital

कञ्चनपुर– कञ्चनपुरकी पत्रकार दुर्गा उपाध्यायलाई शुक्लाफाँटा पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । सामुदायिक रेडियो शुक्लाफाँटा एफ एमले प्रदान गर्दै आएको यो पुरस्कार यस वर्ष पत्रकार उपाध्यायलाई प्रदान गरिएको हो । 

आइतवार सामुदायिक रेडियो शुक्लाफाँटा एफ एमको १७ औँ वार्षिकोत्सवको अवसरमा उपाध्यायलाई उक्त पुरस्कार प्रदान गरिएको हो । कार्यक्रमका प्रमुख अथितिसमेत रहेका परराष्ट्रमन्त्री एनपी साउदले उनलाई माला र खादा ओढाएर सम्मानसहित नगद पुरस्कार प्रदान गरे । 

नेपाल टेलिभिजन कञ्चनपुरकी समाचारदाता उपाध्यायले यस क्षेत्रको विकासका क्षेत्रमा कलम चलाएको भन्दै रेडियो शुक्लाफाँटाले नगद ११ हजार एक सय ११ रुपैयाँको उक्त पुरस्कार प्रदान गरेको हो । रेडियो हरेक बर्ष शुक्लफाँटा पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ । 
 

प्रकाशित मिति: आइतबार, पुस १५, २०८०  १८:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update