Sagun Khabar
कञ्चनपुरमा एक युवती मृत फेला, हत्या आरोपमा प्रेमी पक्राउ 

कञ्चनपुर –कञ्चनपुरमा युवती हत्या आरोपमा एक युवक पक्राउ परेका छन् । 

जिल्लाको पुनर्वास नगरपालिका–६ की २२ वर्षीया लक्ष्मी खडकाको हत्या आरोपमा उनकै प्रेमी भनिएका हुम्लाको सिमिकोट गाउँपालिका–४ का भेषराज शाही पक्राउ परेका हुन् । 

स्वास्थ्य सन्देश
Atrya hospital

भीमदत्त नगरपालिका १८ खैरभट्टीमा लक्ष्मी मृत अवस्थामा फेला परेकी थिइन् । ४दिन अघिमात्रै शाहीसंगै भागेर गएकी लक्ष्मी मृत फेला परेपछि परिवारको किटानी जाहेरीका आधारमा शाहीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी प्रकाश डाँगीले बताए । 

पक्राउ परेका शाहीविरुद्ध कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: शनिबार, पुस २१, २०८०  १४:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update