Sagun Khabar
५ किलो बढी चरेशसहित बझाङका एकजना कञ्चनपुरमा पक्राउ 

कञ्चनपुर – ५ किलो बढी चरेशसहित बझाङका एकजना कञ्चनपुरमा पक्राउ परेका छन् । 

बझाङको केदारस्युँ गाउँपालिका ६ का ६३ बर्षीय नरबहादुर धामी ५ किलो १०४ ग्राम चरेशसहित पक्राउ परेका हुन् । 
उनलाई कञ्चनपुरको भीमदत्त नगरपालिका –३ तिलकपुरबाट आइतबार राति प्रहरीले पक्राउ गरेको हो । 

स्वास्थ्य सन्देश
Atrya hospital

नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर र वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले धामीलाई चरेशसतिह पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
 

प्रकाशित मिति: सोमबार, पुस २३, २०८०  ०९:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update