Sagun Khabar
कञ्चनपुरको भीमदत्त नगरपालिकाका प्रवक्ता खड्काको निधन 

कञ्चनपुर –कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं ६ का वडाध्यक्ष एवं नगर प्रवक्ता महेन्द्र खड्काको निधन भएको छ ।

बुधबार राति मोटरसाइकल दुर्घटनामा परी उनको निधन भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

स्वास्थ्य सन्देश
Atrya hospital

उनी वडा नं ६ को को ऐठपुर क्षेत्र नहर किनारमा बिहीबार बिहान मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ ।

गएको स्थानीय तहको निर्वाचनमा उनी नेपाली कांग्रेसबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए । 
 

प्रकाशित मिति: बिहीबार, पुस २६, २०८०  ०८:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update