Sagun Khabar
हिउ पर्न छोडेपछि ‘काला पहाड’ बन्दै हिमाल

बैतडी-हिमाली जिल्ला दार्चुला,बझाङ् लगायतका ठाउँहरुमा यस वर्ष हिउँ नपर्दा हिमालको सौन्दर्यता  हराउँदै गएको छ । विगतका वर्षहरुमा मंसिर अन्तिम र पुषको पहिलो साताबाट नै हिउँ पर्न सुरु हुने अपि हिमाल,सैपालहिमालमा यस वर्ष माघ लाग्दै गर्दा पनि हिउँ परेको छैन । जसले गर्दा हिउँले टल्किने यहाका हिमालहरु यतिबेला कालो पहाडमा परिणत हुँदै गएका छन् । 

सेताम्मे हिउँले ढाकिने हिमाली जिल्लाका खेतबारी र डाँडापाखा यतिबेला सुख्खा रहेका छन् ।  हिमालमा हिउँ नभएका कारण हिमालहरुको सौन्दर्यता हराउदै गएको र पहिला जस्तो हिउँ पर्नै छाडेको, हिउँले हिड्न पनि गाह्रो हुने ठाउँमा आजभोलि हिउँ बिनाको हिमाल उजाड देखिन थालेका स्थानीयहरु बताउछन् । 

स्वास्थ्य सन्देश
Atrya hospital

पहिला पहिला हिउँदको महिनाहरुमा ३ महिना सम्म गाउँमै हिउँ रहने भए पनि अहिलेको अवस्थामा पौषको महिनामा पनि  बेश क्याम्पमै हिउँ नभएको दार्चुलाको अपि हिमाल गाउँपालिका अध्यक्ष भगतसिंह ठेकरे बोहराले बताए । उनले भने 'म सानो हुँदा तिन महिना सम्म गाउँ नै हिउँले सेताम्य हुन्थ्यो,लेकालि भेगमा भेडा बाख्रा,गाईगोरुहरु गोठमै रहन्थे लेक बाट बेशि बसाई सर्र्थे तर अहिले अपि हिमालको बेश क्याम्पमै हिउँ छैन' ।  

सिजनमा हिउँ नपर्दा हिमालहरुको प्राकृतिक सन्दरता गुम्नुका साथै सेता हिमाल कालापत्थरमा परिणत भएका छन् ।  वर्षेनी हिउँ कम हुँदै  जादा कालान्तरमा यसले वनस्पती,जीव जन्तु,चराचुरुङ्गी लगायत रैथाने बालिहरुको लोभ हुदै जाने र पर्यटनको क्षेत्रमा नकरात्मक असर गर्न सक्ने उहाँले बताए । 

समयमा हिमपात नहुँदा यहाका कृषकहरु चिन्तित बनेका छन् । हिउँदमा पानी नपरेका कारण बालीनालीमा सिंचाईको अभाव झेलेका कृषकहरु हिमपातको पर्खाईमा थिए । तर हिउँ नपर्दा बालीनालीनै सुख्खा हुन थालेको दार्चुला अपिहिमालका किसान पुष्प बोहोराले बाताए ।  

प्रकाशित मिति: शुक्रबार, पुस २७, २०८०  १४:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update