Sagun Khabar
सीमा नाकामा सशस्त्र प्रहरीले निर्घात कुटपिट गर्दा एक जना गम्भीर घाइते
स्वास्थ्य सन्देश
Atrya hospital

कञ्चनपुर- कञ्चनपुरको गड्डाचौकी सीमा नाकामा सशस्त्र प्रहरीले निर्घात कुटपिट गर्दा एक जना गम्भीर घाइते भएका छन्। घाइते हुनेमा जिल्लाको बेदकोट नगरपालिका-१ हात्तीथालाका बसन्तबहादुर धामी रहेका छन्।बनबासाबाट घरका लागि समान ल्याउदै गरेका धामीलाई नेपाल-भारत सीमा क्षेत्र ७ नं. पिलर नजिक बीओपी गड्डाचौकीमा कार्यरत सशस्त्र प्रहरी वरिष्ठ हवल्दार कर्णबहादुर बोहराले कुटपिट गरेका हुन्।

घटना हिजो (बिहिबार)साँझ साढे ६ बजे तिरको हो। सिभिल पोसाकमा रहेका हवल्दार बोहराले धामीलाई जथाभावी गाली गलाैच गर्दै टाउकोमा टर्च लाइटले हिर्काएको पीडित धामीले बताएका छन्। घाइते धामीको महाकाली प्रादेशिक अस्तालमा उपचार भइरहेको छ। धामीको टाउको दुई ठाउँमा फुटेको छ भने उनको टाउकोमा १० टाका लागेको महाकाली अस्पताल स्रोतले जनाएको छ।

घाइते धामीले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा हवल्दार बोहराले ज्यान मार्ने उद्देश्यले कुटपिट गरेको भन्दै कारबाहीको लागि निवेदन दिएका छन्।

प्रकाशित मिति: शुक्रबार, माघ ५, २०८०  १४:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update