Sagun Khabar
 बहु विवाह मुद्दामा फरार रहेकी  महिला  पक्राउ
स्वास्थ्य सन्देश
Atrya hospital

 बहु विवाह मुद्दामा फरार रहेकी एक महिला कञ्चनपुरको महेन्द्रनगर बजारबाट पक्राउ परेकी छिन्।  कञ्चनपुरको भीमदत्त नगरपालिका-१० की ३२ वर्षीया देवकी टमटालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मंगलवार दिउँसो महेन्द्रनगर बजारबाट पक्राउ गरेको हो।

जिल्ला अदालत कञ्चनपुरले २०७९ भदौ २६ गते ११ महिना ११ दिन कैद सजाय र २० हजार जरिवाना तोकी फैसला सुनाएपछि उनी फरार रहेकी थिइन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले टमटालाई मंगलवार नै अदालतमा उपस्थित गराएको थियो।

प्रकाशित मिति: बुधबार, माघ २४, २०८०  १३:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update