Sagun Khabar
कञ्चनपुरमा मामाको छोरामाथि बञ्चरो प्रहार गर्ने फरार 
स्वास्थ्य सन्देश
Atrya hospital

कञ्चनपुर –कञ्चनपुरमा आफ्नै मामाको छोरालाई बञ्चरो प्रहर गरेर एक जना फरार भएका छन् । 

जिल्लाको कृष्णपुर नगरपालिका–९ का ४० वर्षीय रुद्रे भुल फरार भएका हुन् । शनिवार राति जोरायल टोलमा आफ्नै मामाको छोरा डम्मरे भुललाई बञ्चरो प्रहार गरेर रुद्रे भुल फरार भएको कञ्चनपुर प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक बीरबहादुर बुढाऐरका अनुसार घाइते डम्मरको अवस्था गम्भीर रहेको छ । उनको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ । बञ्चरो प्रहार गर्ने भुलको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति: आइतबार, माघ २८, २०८०  १४:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update