Sagun Khabar
बैतडीको दोगडाकेदारका विष्ट भारतको बेङ्गलोरमा बेपत्ता 
Atrya hospital

बैतडी- बैतडीका एक युवक भारतको  बेङ्गलोरमा बेपत्ता  भएका छन् ।जिल्लाको दोगडाकेदार गाउँपालिका  वडा नं  ७ थाम घर भएका ३० वर्षिय  बिरेन्द्र विष्ट तीन दिन देखि बेपत्ता रहेका हुन् ।

बेङ्गलोर सरदारजीका ढाबा रुपेना माडी वाला होटेलमा  काम गर्दै आएका विष्ट तीन दिन देखि बेपत्ता रहेका आफ्नत नरेशसिंह विष्टले जानकारी दिए । उनका   अनुसार तीन दिन पहिले कोठाबाट सरसफाइका लागि साबुन ल्याउछु भनेर निस्केका विष्ट अहिले  सम्म सम्पर्कमा आएका छैनन् ।

काम गरिरहेको पुरानो ठाउँबाट   अर्काे  ठाउँ जाने तयारीका लागि साबुन लिन हिँडेका दाई अहिले सम्म नफर्केका बेपत्ता विष्टका भाइ  भानि विष्टले बताए  ।  विष्ट बेपत्ता भएपछि खोजि कार्यका लागि सबैलाई आग्रह गरिएको छ ।उनलाई कसैले कहिँ कतै देखे ९७३१५७७६८३ र ९९१६९१३६५० मोबाइल नम्बरमा सम्पर्क गरिदिन अनुरोध गरिएको छ। 

प्रकाशित मिति: सोमबार, माघ २९, २०८०  १४:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update