Sagun Khabar
 जबरजस्ती करणी आरोपमा एक वडा सदस्य पक्राउ
स्वास्थ्य सन्देश
Atrya hospital

जबरजस्ती करणी आरोपमा एक वडा सदस्य पक्राउ परेका छन्। कञ्चनपुर जिल्लाको बेल्डाँडी गाउँपालिका–३ का वडा सदस्य ५९ वर्षीय पिल्चे चौधरी जबरजस्ती करणी आरोपमा पक्राउ परेका हुन्।

उनले फागुन १ गते राति एक महिलालाई आफ्नै घरमा बोलाएर जबरजस्ती करणी करणी गरेको उजुरी इलाका प्रहरी कार्यालय बेल्डाँडीमा परेपछि फागुन १ गते मंगलबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। उनीमाथि अदालतबाट पाँच दिनको म्याद भई उतै बेल्डाँडीमै अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक हर्षबहादुर चन्दले बताए।

प्रकाशित मिति: बिहीबार, फागुन ३, २०८०  १४:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update