Sagun Khabar
जबरजस्तीकरणी गरेको आरोपमा एकजना पक्राउ 
स्वास्थ्य सन्देश
Atrya hospital

कञ्चनपुर – कञ्चनपुरमा जबरजस्तीकरणी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । ३० बर्षीया महिलालाई जबरजस्तीकरणी गरेको आरोपमा कञ्चनपुरको बेलौरी नगरपालिका–७ टेडीयाका ४० वर्षीय हरिचन्द्र रानालाई शनिबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

रानाले ती महिलालाई गएको माघ २३ गते बेलौरी नगरपालिका–७ पौलाहस्थित उखुबारीमा जबरजस्ती करणी गरेको उजुरी प्रहरीमा परेको थियो । 

पीडित पक्षको जाहेरीका आधारमा इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले आरोपित रानालाई पक्राउ गरेको हो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: शनिबार, फागुन ५, २०८०  १७:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update