Sagun Khabar
अछाममा जिप दुर्घटना हुँदा १५ जना घाइते
स्वास्थ्य सन्देश
Atrya hospital

अछाम-  अछाममा जिप दुर्घटना भएको छ। जिल्लाको चौरपाटी गाउँपालिका वडा नम्बर ५ स्थित आमरुख नजिक से १ झ ४२९ नम्बरको जिप आज बिहान दुर्घटनामा भएको हो।

 प्रहरी चौकी सिउँडीका अनुसार सो दुर्घटनामा १५ जना घाइते भएका छन्। ती मध्ये तीन जनाको अवस्था गम्भिर रहेको बताइएको छ। लुंग्राबाट साँफेबगर जाने क्रममा जिप सडकबाट करिब तीन सय मिटर तल खसेको थियो। घाइते सबैलाई उपचारको लागि वयलपाटा अस्पताल लगिएको बताइएको छ।

जिपमा विद्यार्थी समेत रहेका थिए। घटनाको थप विवरण आउन बाँकी रहेको छ।

प्रकाशित मिति: बुधबार, फागुन ९, २०८०  १०:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update