Sagun Khabar
कञ्चनपुरमा  भुस्याहा कुकुरले चार लाख मूल्य बढीका कुखुरा मार्यो
स्वास्थ्य सन्देश
Atrya hospital

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ मा आशा ऐरको कुखरा फार्म भित्र छिरेर भुस्याहा कुकुरले चार लाख रुपैयाँ मूल्य बढीका कुखुरा मारेको छ ।  कुखुरा फार्मको तारजाली तोडेर भित्र पसेको भुस्याहा कुकुरको हुलले अण्डा दिने लेयर्स जातका छ सय वटा कुखुरा मारिदिएको छ भने सय भन्दा बढी कुखुरा घाइते बनाएको छ ।

फार्ममा १२ सय वटा कुखुरा रहेकोमा अब जम्मा पाँच सय वटा बाँकी रहेका छन् । भुस्याहा कुकुरले यसभन्दा अघि बाटो हिँड्ने बटुवालाई पनि टोक्ने गरेको थियो । नगरपालिकाले भुस्याहा कुकुर नियन्त्रण गर्नुपर्ने स्थानीयको भनाइ छ ।
 

प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  १७:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update