Sagun Khabar
 कञ्चनपुरमा एक जना मृत अवस्थामा फेला

 कञ्चनपुर-  कञ्चनपुरमा एक जना मृत अवस्थामा फेला परेका छन् ।

भीमदत्त नगरपालिका–४ गोबरियानजिकै महाकाली सिंचाइ आयोजनाको मूल नहरमा स्थानीय ३७ वर्षीय चन्द्रबहादुर विष्ट मृत अवस्थामा फेला परेका हुन् । 

स्वास्थ्य सन्देश
Atrya hospital

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी प्रकाश डाँगीका अनुसार आइतबारदेखि सम्पर्कविहीन विष्ट मंगलबार बिहान नहरमा मृत फेला परेका हुन् ।

मृतकको शवलाई  पोस्टमार्टमका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

प्रकाशित मिति: मंगलबार, फागुन १५, २०८०  ११:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update