Sagun Khabar
कञ्चनपुरमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु 
स्वास्थ्य सन्देश
Atrya hospital

कञ्चनपुर –कञ्चनपुरमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । जिल्लाको बेदकोट नगरपालिका– ३ सामादैजीमा भएको दुर्घटनामा मोटरसाइकल चालक पुरन रानाको मृत्यु भएको हो । 
पश्चिमबाट पूर्व आउदै गरेको भे १ क २११४ नम्बरको ट्रकले विपरीत दिशा तर्फ जाँदै गरेको म २ प ८५८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । 

ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकलमा सवार कृष्णपुर नगरपालिका–९ पिपरीयाका २५ वर्षीय रानाको महाकाली प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । 

ट्रकसहित चालक बाँकेको नेपालगन्ज उपमहानगरपालिका–२० का २८ वर्षीय मीनबहादुर चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको छ । 
 

प्रकाशित मिति: बुधबार, फागुन २३, २०८०  ०९:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update