Sagun Khabar
चितुवाको आक्रमणबाट वन रक्षक घाइते 

कञ्चनपुर –कञ्चनपुरमा चितुवाको आक्रमणबाट एकजना घाइते भएका छन् । 

डिभिजन वन कार्यालयभित्रै चितुवाले आक्रमण गर्दा सशस्त्र वन रक्षकतर्फ जमदार पदमा कार्यरत अर्जुनसिंह थापा घाइते भएका हुन् । 

स्वास्थ्य सन्देश
Atrya hospital

चितुवालाई बेहोस बनाएर खोरमा हाल्ने क्रममा थापामाथि चितुवाले आक्रमण गरेको डिभिजन वन कार्यालयका प्रमुख भीमप्रसाद कँडेलले बताए । बेहोस भइसकेको ठानेर खोरमा लैजान खोज्दा चितुवाले थापामाथि आक्रमण गरेको थियो । 

चितुवाको आक्रमणबाट घाइते भएका थापाको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । थापाको हातमा चोट लागेको छ । थापा जमदारका रुपमा गोही, सर्प जस्ता वन्यजन्तुको उद्दारको काम गर्दै आएका थिए । 

उनलाई आक्रमण गर्ने चितुवालाई चार दिन अघि कृष्णपुर नगरपालिका–१ को दिपेन्द्र स्मृती सामुदायिक वनमा पासोमा परेको अवस्थामा उद्दार गरिएको थियो । उक्त चितुवालाई लालझाडी वन क्षेत्रमा छाडिएको डिभिजन वन कार्यालय कञ्चनपुरले जनाएको छ ।
 

प्रकाशित मिति: मंगलबार, चैत १३, २०८०  १७:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update