Sagun Khabar
बैतडीमा तीन दिन  देखि बेपत्ता महिला मृत फेला
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी- बैतडीमा एक महिला मृत फेला परेकी  छिन् । जिल्लाको पुर्चौडी नगरपालिका  वडा नं  ४ भटना ओखडानीकी अन्दाजी २० वर्षिया रेखा भट्ट मृत फेला परेकी हुन् ।

पारिवारिक स्रोतका अनुसार   यहि चैत्र २६ गते दिउँसोको खाना खाएर घरबाट निस्केकी रेखा तीन दिन देखि सम्पर्क विहिन थिइन् ।  उनी बुधवार  वडाकै  रानीवनमा मृत फेला परेकी  वडा नं  ४ का वडा अध्यक्ष दिल बहादुर  धानुकले  जानकारी दिए । वडा नं ९ न्वादेउ धारीसैन माइती घर भएकी रेखाको गत वर्ष मात्रै बिहे भएको  थियो ।

उनका श्रीमान वैदेशिक रोजगारीको  सिलसिलामा भारतको  बेंगलोरमा रहेका बताइएको  छ ।  मृत फेला परेकी रेखाको  मृत्युको  कारण खुलेको छैन् ।  घटना बारे थप अनुसन्धान भैरहेको  प्रहरीले  जनाएको  छ ।    

प्रकाशित मिति: बुधबार, चैत २८, २०८०  १०:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update