Sagun Khabar
बैतडीमा जिल्लास्तरीय बार्षिक समीक्षा गोष्ठी सम्पन्न 

बैतडी–बैतडीमा जिल्लास्तरीय बार्षिक समीक्षा गोष्ठी सम्पन्न भएको छ । जिल्ला समन्वय समितिको आयोजनामा बुधबार सम्पन्न भएको गोष्ठीमा जिल्लास्थित संघीय कार्यालय, प्रदेशका कार्यालय र स्थानीय तहहरुले चालु आर्थिक बर्षमा सम्पन्न गरेका कामहरुको बारेमा जानकारी गराएका थिए । 

जिल्ला समन्वय समितिका अध्यक्ष खगेन्द्रसिंह धामीको अध्यक्षतामा भएको बार्षिक समीक्षा गोष्ठीमा स्थानीय तहहरुको भने खासै सहभागिता नदेखिएको सरोकारवालाहरुले बताएका छन् । गोष्ठीमा सरकारी कार्यालयहरुले चालु आर्थिक बर्षमा आफ्ना कार्यालयहरुमार्फत सम्पादन गरेका कामहरुको बारेमा जानकारी गराएका थिए । 

Atrya hospital

समीक्षा गोष्ठीमा सहभागीहरुले बार्षिक समीक्षालाई कर्मकाण्डी भन्दा पनि उपलब्धीमूलक बनाउनेतर्फ ध्यान दिनुपर्नेमा जोड दिएका छन् । समीक्षा गोष्ठीमा आयव्यय विवरण भन्दा पनि कार्यक्रमहरुले ल्याएको परिवर्तनका बिषयमा जानकारी दिनुपर्ने पत्रकार गोकर्ण दयालले बताए । 

संघीयतापछि स्थानीय सरकार, प्रदेश सरकार मातहतका कार्यालय र संघीय कार्यालयहरुले गरेका कामहरुको बारेमा समीक्षा हुनुपर्नेमा उनले जोड दिए । 

जिल्लास्तरीय बार्षिक समीक्षा गोष्ठीमा जिल्ला समन्वय समितिका पदाधिकारी र सदस्यहरु, स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरु, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु र अन्य सरोकारावालाहरुको सहभागिता रहेको थियो । 
 

प्रकाशित मिति: बुधबार, असार २६, २०८१  १८:०८
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update