Sagun Khabar
युवा दिवस भव्यताका साथ मनाइने

काठ्माण्डौँ १९ भदौ-यस बर्षको अन्र्तराष्ट्रिय युवा दिवस भव्यताका साथ मनाइने भएको छ । हरेक बर्ष अगष्ट १२ (साउन २८) गतेका दिन मनाइने युवा दिवस अन्तरगतका कार्यक्रमहरु सुरु भैसकेको राष्ट्रिय युवा परिषदले जनाएको छ ।

मंगलबार राष्ट्रिय युवा परिषदको कार्यालय सानोठिमी भक्तपूरमा आयोजीत पत्रकारहरु संगको अभिमुखिकरण कार्यक्रममा दिवस बारे जानकारी दिइएको हो । 

स्वास्थ्य सन्देश
Atrya hospital

दिवस अन्तरगत यसबर्ष कलाकार अभिमुखिकरण, पत्रकार सम्मेलन, भिडियो निर्माण प्रतियोगिता, रक्तदान, लोकदोहोरी प्रतियोगीता, सहुलियत कर्जा बारे सरोकारवालासंग अन्तरक्रिया, वक्तित्वकला प्रतियोगीता, यौनिक तथा अल्पसंख्यक समूहको अन्तरक्रिया, बालिका तथा किशोरीको स्वास्थ्य र संरक्षणमा युवाको भुमिका बिषयक कार्यक्रम, अपांगता भएका युवाहरुको राजनितिक सहभागिता विषयक अन्तरक्रिया, युवा र उद्यमसिलता संवाद कार्यक्रम,  टिभिबाट युवाका लागी सन्देश प्रवाह, महामारीका सारथी युवा नामक पुस्तक प्रकाशन, नेपालमा युवाको वर्तमान अवस्था : चुनौति र अवसर विषयक सम्बाद कार्यक्रम, गिति एल्वम विमोचन लगायतका कार्यक्रम तय भएको राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले बताए ।

उनले भने‘औपचारीकताका लागी दिवस मनाउने होइन् । दिवसका अवसरमा दिइने सन्देश अत्यन्त महत्वपुर्ण छन् । सबै युवाहरुले त्यसको ग्रहण गर्नु जरुरी छ । दिवसमा हामीले हालसम्म गरेका कामहरुको बारेमा जानकारी दिनेछौँ ।’ राष्ट्रिय युवा परिषदले सिमित श्रोत साधनको उपयोगमा महत्वपुर्ण कामहरु गरेको उनको दावी छ । उपाध्यक्ष ढुंगेलले युवा हरुमा निराशा जगाउने खालका समाचार प्रकाशन तथा प्रशारण नगर्न पत्रकारहरुसंग आग्रह गरे ।
 

प्रकाशित मिति: मंगलबार, साउन १९, २०७८  २०:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update